सनराइजर्समाथि चेन्नईको फराकिलो जित

Monday April 29, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ७८ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २१३ रनको लक्ष्य पछाएको सनराइजर्स १८.५ ओभरमा अल आउट हुदै १३४ रन मात्र बनाएको थियो ।

यस अघि चेन्नईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाउदै २१२ रन बनाएको थियो ।

यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको १० खेलमा ५ जित र ४ हारसहित १० अंक भएको छ ।

त्यस्तै ९ खेलमा ५ जित र ४ हारसहित १० अंक नै रहेको सनराइजर्स हैदरावाद चौथो स्थानमा झरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।