गुजरातमाथि रोयल च्यालेन्जर्स बैंगलुरुको शानदार जित

Sunday April 28, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई पराजित गरेको छ । बैंगलुरुले गुजरात टाइटन्सलाई ९ विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको २०० रनको लक्ष्य पछाएको बैंगलुरुले १६ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बैंगलुरुको जितमा विल ज्याकले अविजित ४१ बलमा १०० रन बनाएका थिए भने विराट कोहलीले अकिजित ७० रन बनाएका थिए ।

यस अघि पहिला बय्टिंग गरेको गुजरातले २० ओभरमा ३ विकेट गुमाउदै २०० रन बनाएको थियो । गुजरातको लागि साइ सुदर्शनले सर्बाधिक ८४ रन बनाएका थिए भने शाहरुख खानले ५८ रन बनाएका थिए ।

यो रोयल च्यालेन्जर्स बैंगलुरुको यो तेस्रो जित हो । १० खेलमा ६ अंकसहित बैंगलुरु पुछारमा रहेको छ ।

त्यसैगरी गुजरातको यो छैटौं हार हो । १० खेलमा ४ खेल जितेको गुजरात ८ अंकसहित सातौं स्थानमा रहेको छ ।


भर्खर

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली