मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित

Saturday April 27, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।  शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २५८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको हो ।

मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६३ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले ४६ रन बनाएका थिए । त्यस्तै सूर्यकुमार यादवले २६ र इशान किसनले २० रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २५७ रन बनाएको थियो ।

दिल्लीका लागि जेक फ्राजर म्याकग्रुकले सर्बाधिक २७ बलमा ८४ रन बनाएका थिए । त्यस्तै ट्रिसन स्टब्सले २५ बलमा ४८, अविशेक पोरेलले ३६, शाइ होपले ४१ र कप्तान ऋषव पन्तले २९ रन बनाएका थिए ।

यो जितपछि दिल्ली क्यापिटल्सको १० खेलमा ५ जित र ५ हारसहित १० अंक भएको छ र अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

त्यसैगरी मुम्बईको भने यो छैटौं हार हो ।  ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर मुम्बई नवौं स्थानमा झरेको छ ।


भर्खर

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली