चौथो जितसँगै शीर्ष स्थानमा उक्लियो बागमती

Tuesday April 23, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । काठमाडौँमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगितामा बागमती प्रदेशले चौथो जित दर्ता गरेको छ।

आज भएको खेलमा बागमतीले कर्णालीलाई ७ विकेटले पाखा लगाएको छ । कर्णालीले दिएको १२१ रनको लक्ष्य बागमतीले १४।५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बागमतीका लागि कप्तान रीत गौतमले सर्वाधिक ३३ तथा शुभ कंशाकार र इशान पाण्डेले समान २८ रन जोडे । ओपनर आशुतोष घिरैया २० रनमा आउट हुँदा रवीन जोशी ३ रनमा अविजित रहे ।

बलिङतर्फ कर्णालीका अर्जुन चनारा, युनिसविक्रम सिंह ठकुरी र दीनेश अधिकारीले समान १ विकेट लिए । यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रनमात्र जोड्न सक्यो ।

कर्णालीका लागि कप्तान विपिन शाहीले ५१ रनको अर्धशतकिय पारी खेलेपनि त्यो जितको लागि प्रर्याप्त भएन् । ४१ बलको सामना गरेका उनले समान ३ चौका र छक्का हिर्काए । प्रकाश जैशीले २३ रन थपेको खेलमा मनिश थापाले १६ र हिंमासु शाहीले १५ रन जोडे । बलिङतर्फ बागमतीका गौतम केसी एक्लैले ५ विकेट लिँदा रिजन ढकाल र सोनु देवकोटाको नाममा समान २ विकेट रह्यो । रामनरेश गिरीले पनि एक विकेट लिए ।

चौथो जितसँगै ५ खेलबाट ८ अंक जोडेको बागमती शीर्ष स्थानमा रहँदा ५ खेलबाट समान ६ अंक जोडेका लुम्बिनी र कर्णाली क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।