सन्दीप र जैसवालको उत्कृष्ट प्रदर्शन, मुम्बईमाथि राजस्थानको शानदार जीत

Tuesday April 23, 2024

पढ्न लाग्ने समय :


काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि ९ विकेटको शानदार जित निकालेको छ। राजस्थाको जितका लागि सन्दीप शर्माले लिएको ५ विकेट र यशस्वी जैसवालले बनाएको शतक महत्त्वपूर्ण रहे।

सवाई मानसिंह स्टेडियम टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले दिएको १८० रनको लक्ष्य राजस्थानले एक विकेटको क्षतिमा आठ बल बाँकी हुँदै १८३ रन बनाएर भेट्टाएको हो।

मुम्बईमाथि सहज जितका लागि राजस्थानका ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे। ६० बलको सामना गरेका उनले ९ चौका र ७ छक्काको मद्दतमा नटआउट १०४ रन बनाएका हुन्। जोस बटल ३५ रनमा आउट हुँदा कप्तान सञ्जु स्यामसनलें नटआउट ३८ रन बनाए। मुम्बईका लागि पियुष चावलाले मात्र एक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। नेहल बढेरा ४९, मोहम्मद नाबी २३, सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्या १०/१० रनमा आउट भएका थिए।

मुम्बईलाई सस्तैमा समेट्न राजस्थानका सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए। ट्रेन्ट बोल्टले २ विकेट लिँदा आवेश खान र युजवेन्द्र चहलले १/१ विकेट हात पारे।

यो जितसँगै राजस्थान १४ अंकका साथ शीर्ष स्थानमा कायमै छ। मुम्बई भने ६ अंकसहित सातौं स्थानमा छ। आईपिएल अन्तर्गत मंगलबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टको खेल हुँदैछ। यो प्रतिस्पर्धा साँझ ७:४५ मा सुरु हुनेछ।


भर्खर

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली