त्रिविको प्राध्यापक पदमा पुनः विज्ञापन गर्न अनेरास्ववियुको माग

Sunday April 21, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले कानुन विषयको प्राध्यापक पदको पुनः विज्ञापन गर्न माग गरेको छ ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अध्यक्ष सिद्धान्त भट्टले एक विज्ञप्ति जारी गर्दै आयोगले २०८० वैशाख १ गते कानुन विषयको प्राध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विद्यमान कानुनलाई बेवास्ता गरेर निश्चित सह–प्राध्यापकहरूलाई मात्रै प्राध्यापक पदपूर्ति गर्न खोजिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।

कार्यकारी परिषद्बाट शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी कार्यविधि, २०७५ लाई २०८० असोज २१ गते संशोधन गरिएको थियो । उक्त कार्यविधि कार्यान्वयनका लागि आयोगमा पठाइएको भए पनि आयोगले पुरानै प्रक्रियाबाट विज्ञापन आह्वान गरेको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।