युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल

Friday April 19, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट हुन असफल भएको हो ।

सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको थियो ।

यो जितपछि युएई प्रिमियर कपको फाइनलमा पुगेको छ ।

नेपालले भने अब तेस्रो स्थानको लागि खेल्ने छ । आजै हुने दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग नेपालले तेस्रो स्थानको लागि शनिबार खेल्ने छ । यस प्रिमियर कपमा पहिलो दोस्रो र तेस्रो हुने देशले इमर्जिङ टिम्स एशिया कप खेल्न पाउने छन् ।

अब प्रिमियर कपको दोस्रो सेमिफाइनल आजै आयोजक ओमान र हङकङबीच हुने छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।