आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

Thursday April 18, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ल क्यापिटल्सले शानदार जित निकालेको छ। गुजरात टाइटले दिएको ९० रनको चुनौती दिल्लीले ४ विकेटको क्षतिमा ६७ बल बाँकी हुँदै भेट्टाएको हो।

टस जितेको दिल्लीले गुजरातलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो। गुजरातको ब्याटिङ नचल्दा १७.३ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाएको हो।

गुजरातका लागि रासिद खानले सर्वाधिक ३१ रन जोडे। साई सुदर्शन १२ रनमा आउट हुँदा राहुल तेवाटिया १० रनमा समेटिए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

गुजरातको इनिङलाई कमजोर पार्न दिल्लीका लागि मुकेश कुमारले तीन विकटे लिए। इशान शर्मा र ट्रिस्टन स्टब्सले समान दुईदुई विकेट हात पारे भने खलील अहमद र अक्षर पट्टेलले एकएक विकेट लिए।

९० रनको लक्ष्य पछ्याएको दिल्लीका लागि जेक फ्रेजर म्याकगुर्कले २० रन जोडे। साई होप १९, कप्तान ऋषभ पन्त नटआउट १६ र सुमित कुमार नटआउट ९ रनमा समेटिए। दिल्लीले ८.५ ओभरमा ४ विकेटको क्षतिमा ९४ रन बनाएको हो।

यो जितसँगै दिल्ली अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ। उसले सात खेलमा ६ अंक जोडेको छ। समान ६ अंकमा रहेको गुजरात भने रनरेटको आधारमा सातौं स्थानमा झरेको छ।

आईपिएल अन्तर्गत बिहीबार पञ्जाब किंग्स र मुम्मबई इन्डियन्सको प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ७:४५ मा सुरु हुनेछ।


भर्खर

धनगढीको ग्यालेक्सी माविका विद्यार्थी आकाश ठगुन्ना विज्ञान संकायतर्फ ‘नेपाल टप’

धनगढीः राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालित कक्षा १२ को परीक्षामा धनगढीस्थित ग्यालेक्सी माध्यमिक विद्यालय का विद्यार्थी

एसपिए कलेजकी नीतिका अवस्थी व्यवस्थापनतर्फ ‘नेपाल टप’

धनगढीः राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी

बैतडीमा बस दुर्घटना हुँदा एककको मृत्यु

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–४ स्थित दशरथचन्द राजमार्गमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक