बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

Wednesday April 17, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । पिएसजी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराति भएको क्‍वार्टरफाइनलको दोस्रो लिगमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै पिएसजीले समग्रमा ६-४ को जितसहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । क्‍वार्टरफाइनलको पहिलो लिगमा बार्सिलोनाले ३-२ को जित निकालेको थियो ।

बार्सिलोनाको घरेलु मैदानमा पिएसजीको जितमा केलियन एम्बाप्पेले २ गोल गरेका थिए भने ओसमान डेम्बेले र भिटिन्हाले एक एक गोल गरेका थिए ।

त्यसैगरी बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए । यस खेलमा खेलको २९औँ मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

अब सेमिफाइनलमा पिएसजीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ । डोर्टमण्ड स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई गएराति नै ४-२ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-४ को नतिजा सहित सेमिफाइनलमा पुगेको छ । पहिलो लिगमा एटलेटिको २-१ ले विजयी भएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।