सङ्खुवासभामा यसवर्ष नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक

Sunday April 7, 2024

पढ्न लाग्ने समय :


किमाथाङ्का (सङ्खुवासभा) । पूर्वी जिल्ला सङ्खुवासभामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उपलब्ध गराएका हुन् । यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो ।

नयाँ शैक्षिक सत्र सुरु नहुँदै सङ्खुवासभाका ग्रामीण क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको बिक्रेताले जनाएका छन् । सङ्खुवासभा सदरमुकाम खाँदबारीका पुस्तक पसल व्यवसायीले सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण थालेको हो ।

सामूहिक लगानीमा बिक्री कक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालेको व्यवसायी कृष्ण भण्डारीले बताए । हालसम्म ६० प्रतिशत बढी पाठ्यपुस्तक खरिद गरेर लगिसकेको व्यवसायी भण्डारीले बताए । अन्य स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका भण्डारीको भनाइ छ ।

सङ्खुवासभामा प्रतिकक्षा दुई हजार पाँच सयका दरले पुस्तक आवश्यक पर्छ । सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो ।

विद्यालय सञ्चालन हुनुपहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने भएको छ । यस वर्ष जिल्लामा वैशाख १ गतेभित्रमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।