उत्तर पुस्तिका हराएको विषयमा पुनः परीक्षा लिँदै त्रिवि

Wednesday March 27, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम वर्षको जनसङ्ख्या विषयको पुनः परीक्षा गर्ने भएको छ । उक्त विषयको उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा लिन लागेको हो ।

चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो । सोही आधारमा क्याम्पसहरूले पुनः परीक्षा गर्न लागेका हुन् । चैत २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुन लागेको हो ।

चितवन रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले चैत २१ गतेदेखि परीक्षामा सहभागी हुन भन्दै विद्यार्थीहरूलाई बोलाएको छ । २०८० वैशाख महिनामा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी–४२२’ विषयको उत्तर पुस्तिका हराएको थियो । उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा गर्न क्याम्पसहरूलाई निर्देशन दिएको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।