नवनिर्मित विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


हुम्ला । सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ । निर्माण कम्पनीले काम पूरा गरेको भए पनि उपभोक्ता समितिबाट रु ६५ हजार नपाउँदा  भवन हस्तान्तरण हुन सकेको छैन । भवन निर्माण भएको छ वर्ष पूरा भएको छ । विसं २०७५ मा रु १० लाखमा निर्माण पूरा भएको हो ।

भवन निर्माणमा संलग्न मुक्म शाहीका अनुसार उपभोक्ता समितिबाट ठेक्का आफूले लिएर काम सके पनि  बाँकी रु ६५ हजार माग्दा नदिएपछि भवन  विद्यालयको नाममा हस्तान्तरण नगरेको बताए ।

उपभोक्ता समितिका अध्यक्ष अकिल शाही अहिले जिल्ला बाहिर भएको आफूसँग कामदारलाई दिने पैसा नभएको सचिव जयदेवी शाहीले बताइन् । अहिले उक्त भवनमा स्वास्थ्य एकाइ राखिएको छ । कामदारले पैसा नदिँदासम्म कसैलाई पनि भवन प्रयोग गर्न नदिने भने पनि गाउँवासीले पैसा दिलाइदिने निर्णय गरेर विद्यालयको भवन केही समयका लागि स्वास्थ्यलाई दिने निर्णय गरेका थिए । जीर्ण हुँदै गएको भवन हस्तान्तरण नहुँदै भत्कियो भने त्यसको जिम्मेवारी उपभोक्ता समितिले लिनुपर्ने मुक्म शाहीले बताइन् ।

 


भर्खर

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान

घोडाघोडी मन्दिरमा रेलिङ

धनगढी : जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश

सुदूरपश्चिममा बिसुपर्व मनाइँदै

वैशाख : हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’