बौहिनिया बोकेर साहित्य आकाशमा उदाए गुणराज पोखरेल

Thursday March 21, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । जागिरे जीवनबाट निवृत्ति पाएपछि गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य बिधामा बिरलै लेखिने र प्राविधिक मानिने नाटक बिधामा कलम चलाउँदै पोखरेल साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् ।

पोखरेलले लेखन तथा प्रकाशन गरेको नाट्य कृति ‘बौहिनिया’ को नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको छ । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका प्रतिष्ठानका कुलपति भुपाल राई लगायतका अतिथिहरुले बौहिनियाको लोकार्पण गरेका छन् ।

लोकार्पण कार्यक्रममा बौहिनियाको चिरफार गर्दै वरिष्ठ नाटक निर्देशक एवं रङ्गकर्मी घिमिरे युवराजले पुस्तक पठनीय मात्र नभई मञ्चनीय समेत रहेको बताए ।

ghimire yubaraj
ghimire yubaraj

उक्त अवसरमा घिमिरे युवराजले नाटक बिधालाई उपेक्षा गरिएको र साहित्यकारहरुले नै नाटक पढ्ने र हेर्ने नगरेका दुखेसो गरेका छन् । नेपालका कतिपय नाटक लेखकले त कहिल्यै अरुका नाटक नपढेका र नहेरेका पाइएको खुलासा गर्दै उनले बौहिनियाका लेखक पोखरेलले नाटकको प्राविधिक पक्षलाई पनि न्याय गरी जीवन्त पुस्तक पस्किएकोप्रति आभार प्रकट गरे ।

prof dr Ashok Thapa
prof dr Ashok Thapa

नाटक बिधामै विद्यावारिधि गरेका समालोचक प्राडा अशोक थापाले बौहिनियाले नेपाली समाजको सकारात्मक पक्षलाई उत्खनन् गरेको बताएका छन् । ग्याब्रियल र म्यारी बिदेशी पात्रमार्फत नाटककारले मान्छेको प्रतिकुल मानसिक अवस्था र त्यसको समाधान खोजेका उनले खुलासा गरे । खासमा पूर्वीय सभ्यता र सस्कृतिको वकालत गरिएको बौहिनियाले वर्तमान विश्वको यथार्थ चित्र प्रस्तुत गरेको उनको भनाइ छ ।

त्यसैगरी अर्की समालोचक प्राध्यापक रजनी ढकालले मनोविज्ञानको विषयलाई महत्व दिएर नाटककारले समाजको चिरफार गरेका बिचार ब्यक्त गरिन । समाजमा अनेकन बिकृती बिसङ्गती बढ्दै गरेको प्रति चिन्ता ब्यक्त गर्दै प्रा ढकालले अरुको समस्या समाधान गर्ने हुटहुटी र पूर्वीय दर्शनको पक्षपोषण प्रति नाटककारको प्रसंशा गरिन । नाटकले समाजलाई सकारात्मकता तर्फ लगेको बताउँदै उनले ‘बौहिनिया’ नाम जस्तै रहस्यमय र रोचक रहेको बताएकी छन् ।

पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले विश्व एउटै समाज बनिसकेको बताए । सबै सभ्यताका आ-आफ्नै सौन्दर्य हुने भन्दै उनले बौहिनिया मार्फत पूर्वीय सभ्यतालाई उजागर गरिएको बिश्वास ब्यक्त गरे ।

आफू प्रज्ञा प्रतिष्ठानको कुलपति भएपछि पढ्ने लेख्ने फुर्सद नभएको खुलासा गर्दै राईले औपचारिक कार्यक्रमको चटारोले प्राज्ञिक काम ओझेलमा पर्नसक्ने संकेत गरे । नाटक बिधा मात्र नभई साहित्यका धेरै बिधामा पाठक र लेखक घटेकाप्रति दु:ख ब्यक्त गर्दै कुलपति राईले नेपाली साहित्य क्षेत्रलाई माथि उठाउन सबैको सामुहिक पहलको आवश्यकता औल्याएका छन् ।

साहित्यकार ढुन्डिराज पोखरेलको सभापतित्वमा सम्पन्न बौहिनिया पुस्तक लोकार्पण कार्यक्रमको संचालन रेडियोकर्मी गीता चिमोरियाले गरेकी थिइन् ।

उक्त अवसरमा पुस्तक बिक्रिबाट उठेको रकम तिनकुने स्थित एक जेष्ठ नागरिक आश्रमलाई दान दिने लेखक गुणराज पोखरेलले उद्घोष गरेका छन् । ४ भाग रहेको नाटक बौहिनियामा ९८ पृष्ठ रहेका छन् । पुस्तकको मूल्य भने रु २ सय ८० रहेको छ ।


भर्खर

चिकित्सकमाथिको हिंसाविरुद्ध, नेपाल चिकित्सक संघको प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र ,इमर्जेन्सी बाहेकका सेवा बन्द

नेपाल चिकित्सक संघ, सुदूरपश्चिम प्रदेश शाखाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बढ्दो हिंसा र असुरक्षाको विरोध गर्दै

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग