कर्णाली प्रदेश सभाको हिउँदे अधिवशेन आजदेखि सुरु

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


वीरेन्द्रनगर। बुधबारदेखि कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुने भएको छ । प्रदेश सभाको बैठक दिउँसो ३ बजेदेखि सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकको सुरुमा सभामुख नन्दा गुरुङले प्रदेशसभा आह्वानसम्बन्धी प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने र त्यसपछि दलीय धारणा राख्ने कार्यसूची तय गरेको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

यो प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको पहिलो बैठक हो । विधेयक अधिवेशनका रुपमा लिइने हिउँदे अधिवेशनका लागि कर्णाली प्रदेश सभामा विभिन्न तीनवटा विधेयकहरू विषयगत समितिमा छलफलमा छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।