सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित

Sunday February 18, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको दरखास्त प्रक्रिया स्थगन गरिएको छ । दुवै विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्तको प्रक्रिया स्थगित गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको अध्यक्षतामा रहेको समितिको आज बसेको बैठकले हाललाई दरखास्तको प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

समितिले २५ माघ २०८० मा उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको थियो । दुवै विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि बनाइएको मापदण्डका विषयमा चर्को विरोध भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयको तुलनामा मापदण्ड कडा बनाइएको भन्दै सुदूरपश्चिम र मध्यपश्चिम प्राध्यापक सङ्घले प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र संसद्को शिक्षा समितिमा उजुरी दिएको थियो ।

फरक फरक विश्वविद्यालयको हकमा फरक फरक खालको मापदण्ड तय गरिएको भन्दै विरोध भएपछि समितिले तत्काललाई दरखास्त प्रक्रिया स्थगित गरेको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।