वन विज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव

Tuesday January 30, 2024

पढ्न लाग्ने समय :


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको वन विज्ञान शिक्षा कक्षाका विद्यार्थीका लागि प्रयोगात्मक सामग्री अभाव रहेको छ ।

विद्यालयसँग आर्थिक अभाव हुँदा प्रयोगात्मक सामग्री जुटाउन नसकिएको हो । विद्यार्थिलाई सैद्धान्तिक ज्ञान दिने कार्य भइरहे पनि प्रयोगात्मक सामग्रीको अभाव रहेको विद्यालयका प्रशिक्षक शिक्षक पुष्कर ऐरले बताए । “प्रयोगात्मक सामग्री अभाव हुँदा विद्यार्थीलाई व्यावहारिक शिक्षा दिने कार्यमा अप्ठेरो परिरहेको छ”, उनले भने, “निकै लामो समयदेखि माग गर्दै आए पनि व्यवस्था हुन सकेको छैन ।”

उनका अनुसार विद्यार्थीलाई प्रयोगात्मक कार्य सिकाउनका लागि रेन गेज, साभेल, माइक्रोस्कोप, ओभन, क्लिनोमिटर, चेनस, पोलि हाउस, चेन, ट्री क्यालिपर, डाइमिटर टेप, स्पिडो मिटर, स्पिडे, स्नोभेल, वाइनाकुलरलगायत सामग्री अभाव रहेको छ । विद्यालयसँग फाउडा, कोदालो, स्मार्ट बोर्ड, बन्चरोलगायत सामग्री भए पनि ती पनि पर्याप्त मात्रामा नरहेको उनले बताए । सामग्री अभाव भएपछि विद्यार्थीको पठनपाठनको कार्यमा अवरोध आउन थालेको उनको बुझाइ रहेको छ ।

नगरपालिका कार्यालयसँग अभाव रहेका सामग्रीको व्यवस्था गरिदिनका लागि माग गरिँदै आए पनि उपलब्ध हुन नसकेको विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर ऐरले बताए । “विद्यालयसँग सिमिति साधन स्रोत छ”, उनले भने, “आन्तरिक आम्दानी छैन, अभाव भएका सामग्रीका लागि नगरपालिकालाई गुहार्दै आएका छौँ”, उनले भने, “सामग्री उपलब्ध गराउने अश्वासन पाइने गरे पनि हालसम्म उपलब्ध भने भएका छैनन् ।”

विसं २०७६ देखि तीनवर्षे वन विज्ञान कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत वन विज्ञानमा भर्ना भएर ३१ छात्र र २५ छात्रा अध्ययन गर्दै आएका छन् । विद्यालयमा वन विज्ञान पढ्ने विद्यार्थीका लागि भौतिक पूर्वाधार भने पर्याप्त रहेको छ । छात्र र छात्राका लागि सुविधा सम्पन्न छुट्टाछुट्टै छात्रावास रहेका छन् । छात्रवासका प्रत्येक कोठामा बाथरुम तथा ट्वाइलेटको व्यवस्था रहेको छ । छात्रावासमा ११ छात्र र सात छात्रा बसेर अध्ययन गर्दै आएका छन् । विद्यालयको छुट्टै ब्लकका तीन कोठामा पठनपाठनको कार्य हुँदै आएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।