पुस मसान्तसम्म ५१ हजार बढी विद्यार्थीले लिए एनओसी, क्यानडाको लागि सबैभन्दा धेरै

Tuesday January 30, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५१ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा मन्त्रालयको एनओसी शाखाको तथ्यांक अनुसार १ साउनदेखि पुस मसान्तसम्म ५१ हजार ६३७ जनाले एनओसी लिएका छन् ।

शाखाका अनुसार क्यानडाको लागि सबैभन्दा धेरै १२ हजार ७५ एनओसी लिएका छन् । त्यसपछि अष्ट्रेलियाको लागि ९ हजार ७८७ जनाले, जापानको लागि ८ हजार ५६७ जनाले, युकेको लागि ६ हजार ६८७ जनाले अमेरिकाको लागि ५ हजार ३१८ जनाले, दक्षिण कोरियाको लागि २ हजार ३७२ जनाले, भारतको लागि एक हजार ३१२ जनाले एनओसी लिएका छन् ।

शाखाको विवरण अनुसार विभिन्न ५८ देशमा अध्ययन गर्न जानको लागि विद्यार्थीले एनओसी लिएका छन् । शाखा प्रमुख शान्तिराम पौडेलको अनुसार औषतमा दैनिक ५ सय जनाले एनओसीको लागि अनलाइन आवेदन दिने गरेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।