त्रिविले दियो ०५८ पछि थेसिस बुझाउन बाँकी विद्यार्थीलाई अन्तिम मौका

Friday January 19, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि भर्ना भइ थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा गर्न बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले एक पटकका लागि मौका दिने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा अन्तर्गत २०५८ मा अथवा त्यसभन्दा पछि भर्ना भइ सैद्धान्तिक परीक्षा पास गरेका तर थेसिसलगायतका प्रोजेक्ट रिपोर्ट र शिक्षण अभ्यास पूरा गर्न बाँकी विद्यार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको हो ।

समेष्टेर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भइ समय सीमा काटेकालाई आउँदो असार मसान्तभित्र सम्बन्धित क्याम्पस र विभागमा बुझाइ भाईभा समेत गर्ने गरी एक पटकको लागि अवसर दिने निर्णय भएको त्रिविको प्राज्ञिक परिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एमफिल तहमा २०६८ सालमा भर्ना भइ समय सीमा काटेकालाई पनि एक पटकको लागि मौका दिने भएको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।