चिसो बढेपछि कञ्चनपुरका शैक्षिक संस्था बन्द

Wednesday January 17, 2024

पढ्न लाग्ने समय :


कञ्चनपुर । अत्यधिक चिसो बढेपछि कञ्चनपुरमा सामुदायिक र संस्थागत विद्यालयमा दुई दिन शैक्षिक बिदा दिइएको छ ।  बेलौरी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै माघ ४ र ५ गते दुई दिन सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएका छन् ।

“मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ”, कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत मानबहादुर केसीले भने, “जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ ।”

शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठेरो भइरहेको जनगुनासो आएपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिका निमित्त कार्यकारी अधिकृत मोहन फुलाराले बताए । जाडोका कारण विद्यार्थी बिरामी पर्ने र कक्षाकोठामै थरथर काँप्न थालेपछि नगरपालिका क्षेत्रका विद्यालयमा बिदा दिएको उनको भनाइ छ । कञ्चनपुमा दुई सातादेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।