शीतलहरले विद्यालय बन्द

Wednesday January 10, 2024

पढ्न लाग्ने समय :


गोलबजार (सिरहा) । शीतलहरले गर्दा चिसो बढेपछि जनजीवन प्रभावित भएको भन्दै सिराहाका तीन पालिकाले एक साता जाडो बिदा दिएका छन् ।

सिराहाको गोलबजार तथा लहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले पालिका क्षेत्रका विद्यालयमा एक साता जाडो बिदा दिएका हुन् । शीतलहर र चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले यही पुस २५ देखि २९ गतेसम्म बिदा दिइएको गोलबजार नगरपालिकाका शिक्षा शाखा अधिकृत सुबोधकुमार लामाले जानकारी दिए ।

लहान नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २९ पुससम्म हिउँदे तथा १ माघमा माघे सङ्क्रान्ति बिदालगत्तै २ माघदेखि विद्यालय नियमित सञ्चालन हुने जनाएको छ । लक्ष्मीपुरपतारी गाउँपालिकाका शिक्षा शाखा अधिकृत रामबालक पासमानले सूचना जारी गर्दै मङ्गलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो बिदा दिइएको जनाइएको छ ।

गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा अत्यधिक चिसोका कारणले अध्ययन अध्यापन प्रभावित हुने भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी मङ्गलबारदेखि २ माघसम्मका लागि जाडो बिदा दिइएको सूचनामा उल्लेख छ । पछिल्लो केही दिनयता बाक्लो हुस्सु कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ । बाक्लो हुस्सु र कुहिरो प्रायः दिउँसोसम्म लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।