धनगढीका विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता

Wednesday January 10, 2024

पढ्न लाग्ने समय :


गोदावरी । कैलालीको धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । नगरप्रमुख गोपाल हमालले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको बताए ।

आवश्यकता पहिचानका आधारमा आगामी पाँच वर्षका लागि कार्यक्रमको कार्ययोजना तयार गरी लागू गरिने जनाइएको छ । कार्यक्रमलाई पहिलो वर्षमा पाँचवटा विद्यालय छनोट गरी कार्यक्रम कार्यान्वयन गरिने र सम्झौता अवधिभरमा उपमहानगरपालिकाका सबै विद्यालयमा कार्यान्वयन गरिने सम्झौतापत्रमा उल्लेख छ ।

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपीइसी युनिटमार्फत कार्यक्रमलाई कार्यान्वयन गर्नेछ । कार्यक्रमको सुरुआतमा सिपीइसी युनिटले धनगढी उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा अध्ययन गरी आवश्यकता पहिचान गर्ने छ । उक्त सम्झौतापत्रमा काठमाडौँ विश्वविद्यालयका तर्फबाट स्कुल अफ एजुकेशनका डीन प्राडा बालचन्द्र लुइँटेल र धनगढी उपमहानगरपालिकाका तर्फबाट नगरप्रमुख  हमालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, स्कुल अफ आर्टस्का डीन इकुमाया पुनलगायत स्कुल अफ एजुकेशनका विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।