प्रश्नपत्र आउट गर्ने एमयूका परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित

Thursday January 4, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले प्रश्नपत्र आउट गरेको आरोपमा ६ जनालाई निलम्बन गरेको छ ।

ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा हुनुभन्दा पहिला नै प्रश्नपत्र बाहिरिएपछि परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई एमयूले निलम्बन गरेको हो ।

उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले पुस ३ गतेबाट सञ्चालन हुने भनिएको परीक्षाको प्रश्नपत्र नै बाहिरिएपछि रद्द गरेर छानबिन भइरहेको बताए । निलम्बनमा पर्ने परीक्षा व्यवस्थापन कार्यालयमा प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने पाँच जना कर्मचारीहरू रहेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।