त्रिवि हिउँदे बिदा कहिलेदेखि कहिलेसम्म ? (सूचनासहित)

Thursday January 4, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हिउँदे बिदा दिने भएको छ ।

यस वर्ष अर्थात् शैक्षिकसत्र २०८०–८१ मा पनि जाँडो अर्थात् हिउँदे बिदा दिने निर्णय गरेको त्रिवि शिक्षाशास्त्र संकाय शिक्षाशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. कविप्रसाद पोख्रेलले जानकारी दिए ।

उनका अनुसार त्रिविले यहीँ पुष २२ गतेदेखि आगामी माघ १४ गतेसम्म उक्त बिदा दिने निर्णय गरेको हो । बिदा अवधिभर पठनपाठन बन्द रहनेछ ।

माघ १४ गते बिदा सकिएकै भोलिपल्ट १५ गतेबाट नियमित पठनपाठन सुरू हुने उनले जानकारी दिए । यद्यपि प्रशानिक कार्यसम्पादन र विद्यार्थी भर्नाका लागि कार्यालय खुला रहनेछ ।

हेर्नुहोस् सूचना :


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।