खुला विश्वविद्यालयबाट ‘ल’ पास गरेकालाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गराउन सर्वोच्चको आदेश

Friday December 22, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । खुल्ला विश्वविद्यालयबाट कानूनमा तीनवर्षे स्नातक (एलएलबी) उत्तीर्ण गरेका विद्यार्थीले अधिवक्ताको लाइसेन्सका लागि बार काउन्सिलको परीक्षा दिन पाउने भएका छन् ।

काउन्सिलले २०७९ देखि नै खुल्ला विश्वविद्यालयबाट एलएलबी पास गरेका विद्यार्थीलाई लाइसेन्सको परीक्षामा रोक लगाउँदै आएको थियो ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्दै विद्यार्थीहरुलाई परीक्षामा रोक नलगाउन बार काउन्सिललाई निर्देशन दिएको हो ।

सार्वोच्चको आदेशसँगै अब विद्यार्थीहरुले आगामी पुस १४ र १४ मा हुने अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

परीक्षाबाट बञ्चित हुँदै आएकी विद्यार्थी मनिषा गौतमले अदालतबाट आफूले न्याय पाएको खबरहबलाई प्रतिक्रिया दिइन् ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।