सामुदायिक विद्यालयलाई सघाउँदै युडब्ल्युएस

Tuesday December 19, 2023

पढ्न लाग्ने समय :


फुङ्लिङ (ताप्लेजुङ) । युनाइटेड वल्र्ड स्कुल नेपाल (युडब्ल्युएस)ले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयलाई सघाउँदै आएको छ । यो संस्थाले ताप्लेजुङसहित तीन जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयको गुणस्तर सुधार तथा भौतिक संरचना निर्माणमा सघाउँदै आएको हो ।

विगत दुई वर्षदेखि ताप्लेजुङका तीन स्थानीय तहलाई कार्यक्षेत्र बनाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै आएको उक्त संस्थाले हालसम्म पाँचवटा समुदायिक विद्यालयको भवन निर्माणसम्पन्न गरेको छ । अबको तीन वर्षमा ताप्लेजुङमा १५ वटा सुविधासम्पन्न भवन निर्माण गर्ने योजना रहेको संस्थाका अध्यक्ष खेमराज खड्काले बताए ।

आगामी पाँच वर्षभित्र ताप्लेजुङ, सङ्खुवासभा र गुल्मीमा ९० वटा सामुदायिक विद्यालय भवन निर्माण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय भवन, आकर्षक कक्षाकोठा, प्रविधिसहितको प्रशिक्षण, खेलकुदलाई संस्थाले प्राथमिकतामा राखेको छ ।

संस्थाले तीन जिल्लाका ७६ वटा विद्यालयमा पाँच सय नौवटा कक्षाकोठा निर्माण गरिसकेको जनाएको छ । विद्यालय शिक्षा सुधार अभियानअन्तर्गत सङ्खुवासभामा ५३, गुल्मीमा १८ र ताप्लेजुङमा पाँचवटा विद्यालय निर्माण भएका छन् । अभियानबाट तीन जिल्लाका १३ हजार नौ सय २८ बालबालिका लाभान्वित भएको संस्थाले दाबी गरेको छ ।

बेलायत सरकारको सहयोगमा आगामी पाँच वर्षसम्म यो कार्यक्रम निरन्तर कार्यान्वयनमा ल्याउने सो अवधिभित्रमा साझेदार दातृ निकायसँगको समन्वयमा कार्यक्षेत्र विस्तारसहितका योजना अघि बढाइने अध्यक्ष खड्काले बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।