जानकीमा पहिलो पटक ११ कक्षाको पढाइ हुँदै

Monday December 18, 2023

पढ्न लाग्ने समय :


नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायको पढाइ थालिएको हो ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायका अनुसार तेह्र विद्यार्थी भर्ना भए पनि आठ जना मात्र नियमितरुपमा अध्ययन गरिरहेका छन् । पठनपाठनका लागि तीन शिक्षकको व्यवस्था गरिएको उनले बताए। तेह्र विद्यार्थीमध्ये छ जना छात्रा छन् ।

“हामीले धेरै वर्षदेखि कक्षा ११ को पठनपाठनका लागि प्रयास ग¥यौँ तर अहिले बल्ल सफल भएका छौँ”, प्रधानाध्यापक आर्चायले भने । जानकी गाउँपालिकाको अनुदानमा सो कक्षा सञ्चालन भएको हो । दरबन्दी भएका शिक्षकलाई मासिक ४० हजार तलब दिने गरिएको छ । चार सयको हाराहारीमा विद्यार्थी रहेको सो विद्यालयमा माध्यमिक तहमा पाँच तथा निम्न माध्यमिक तहमा तीन शिक्षकको दरबन्दी रहेको छ ।

जानकी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णाकुमारी भण्डारीले यस शैक्षिकसत्रदेखि ११ कक्षा सुरु गरिएको र अर्को वर्षदेखि १२ कक्षा सुरु भएपछि विद्यार्थी सङ्ख्या बढ्दै जाने बताए । गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु भएको पहिलो पटक हो । मदरसा र गुरुकुल विद्यालयसहित ३९ विद्यालय रहेको सो पालिकामा १४ मदरसा, एउटा गुरुकुल र छ संस्थागत विद्यालय रहेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।