गत वर्ष १५ हजारभन्दा धेरै नेपाली विद्यार्थी अमेरिका पुगे

Thursday November 16, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । एकै वर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या १५ हजार नाघेको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गत वर्षमा १५ हजार ९० जना नेपाली विधार्थी अध्यनका लागि अमेरिका पुगेका छन् ।

अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेञ्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दूतावासले यो जानकारी दिएको हो । ‘उक्त रिपोर्ट अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या गत वर्ष २७‍.९ ले वृद्धि भई १५,०९० पुगेको छ, जुन सङ्ख्या हालसम्म कै उच्चतम हो’ अमेरिकी दूतावासले भनेको छ ।

शैक्षिक वर्ष २०२२/२०२३ मा १० लाखभन्दा धेरै अर्थात १० लाख ५७ हजार १८८ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा परेको अमेरिका परेको छ । उसका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शीर्षस्थ गन्तव्यको रूपमा अझै पनि अमेरिका रहेको जनाउँदै सबैलाइ शुभकामना दिएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।