मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने

Monday September 18, 2023

पढ्न लाग्ने समय :


बाग्मती । हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अध्यक्षतामा आज यहाँ बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित सर्वदलीय एवम् सर्वपक्षीय  बैठकमा प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद, शिक्षासँग सम्बन्धित विपद् एवम् विशेषज्ञ तथा प्रशासनिक निकायका प्रमुखको बैठकले क्याम्पसलाई विश्वविद्यालय बनाउने सहमति गरेको हो । विश्वविद्यालय निर्माणका लागि हस्ताक्षर सङ्कलन पनि गरिने छ ।

उक्त क्याम्पसलाई विश्वविद्यालय बनाउनु आफैँमा गौरवको विषय भएकाले तदारुकताका काम अगाडि बढाउनुपर्नेमा बैठकमा सहभागीले जोड दिएका थिए । बैठकमा प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्यहरु एकलाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, प्रेमवहादुर पुलामी, जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख ललित घलान, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर थापालगायतको सहभागिता थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।