नाइजरपछि सेन्ट्रल अफ्रिकी देश गाबोनको सेनाले पनि सत्ता हातमा लियो

Wednesday August 30, 2023

पढ्न लाग्ने समय :


नाइजरपछि अब सेन्ट्रल अफ्रिकी देश गाबोनमा पनि सेनाले विद्रोह गरेको छ । देशको सेनाले निर्वाचनलाई खारेज गरेर सबै सरकारी निकाय विघटन गरेको घोषणा गर्दै सत्ता आफ्नो हातमा लिएको छ ।

यससँगै सबै सीमा नाका पनि सिल गरिएको छ भने सरकारी सञ्चारमाध्यम गाबोन २४ मार्फत सैन्य अधिकारीहरूले निर्वाचनमा विश्वास नभएकोले यस्तो कदम चालेको बताएका छन् ।

अगस्ट २७ मा भएको विवादित चुनावपछि राष्ट्रपति अली बोङ्गो ओन्डिम्बाले तेस्रो कार्यकाल जितेको घोषणा गरिएको थियो । यसको ३ दिनपछि सेनाले सत्ता हातमा लिदै देशमा शान्तिका लागि वर्तमान सरकार हटाएको घोषणा गरेको छ । गाबोनका सबै रक्षा र सैन्य बलको सहमतिमा यो निर्णय लिइएको अधिकारीहरूले बताएका छन् ।

रोयटर्सका अनुसार कूको घोषणापछि गाबोनको राजधानी लिब्रेभिलमा पनि गोली चलेको आवाज सुनिएको थियो । यद्यपी हालसम्म देशको सरकार वा अन्य कुनै अधिकारीले यसबारे कुनै वक्तव्य जारी गरेका छैनन् । गाबोनमा शनिबार कर्फ्यू र निर्वाचनका कारण तनावको वातावरण बनेको थियो । परिवर्तन र बोङ्गो शासनको अन्त्यको लागि विपक्षीहरूबाट निरन्तर मागहरू थिए।

यसअघि, निर्वाचन आयोगले राष्ट्रपति बोङ्गोले ६४.२७ प्रतिशत मत प्राप्त गरेको जानकारी दिएको थियो भने उनका प्रतिद्वन्द्वी अल्बर्ट ओन्डो ओसाले ३०.७७ प्रतिशत मत प्राप्त गरेका थिए । यो संगै कूले बोङ्गो परिवारको ५३ वर्षको शासन समाप्त भएको विश्लेषण गरिएको छ ।

चुनावपछि विपक्षी दलले भने निर्वाचनका बेला इन्टरनेट बन्द गरेर कर्फ्यू लगाइएको आरोप लगाएको थथियो । चुनावी नतिजापछि फ्रान्सेली मिडिया फ्रान्स २४, आरएफआई र टिभी ५ मोन्डे मिडिया हाउसलाई पनि प्रतिबन्ध लगाइएको थियो ।

बोङ्गो गाबोनीज डेमोक्रेटिक पार्टीका नेता हुन् । उनका बुबा ओमार बोङ्गोले यो पार्टी बनाएका थिए । उनी सन् १९६७ देखि २००९ सम्म देशको राष्ट्रपति थिए । उनको मृत्युपछि तत्कालीन रक्षामन्त्री तथा ओमरका छोरा अली बोङ्गो राष्ट्रपति बने । त्यसबेलादेखि देशको सत्ता उनीहरुसँग मात्रै रहेको थियो ।

रोयटर्सका अनुसार यदि यो विद्रोह सफल भयो भने यो विगत तीन वर्षमा पश्चिम र मध्य अफ्रिकामा भएको आठौं कू हुनेछ । यसअघि माली, गिनी, बुर्किना फासो, चाड र हालै नाइजरमा सेनाले सरकार कब्जा गरेको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।