चितवन जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै

Saturday August 26, 2023

पढ्न लाग्ने समय :


चितवन । चितवन जिल्ला अदालतमा सबै भन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका मुद्दा मात्र एक हजार दुई सय १६ दर्ता भएका छन् ।

यस्तै चेक अनादारको मुद्दा सात सय २२, अंशसम्बन्धी मुद्दा छ सय २६, लागुऔषधसम्बन्धी एक सय ६८ मुद्दा दर्ता भएका थिए ।

कार्यालयका सूचना अधिकारी नवराज सापकोटाका अनुसार गत आर्थिक वर्षमा अदालतमा तीन हजार चार सय ३५ मुद्दा दर्ता भएका थिए ।

गत आवमा अदालतमा जिम्मेवारी सरी आएकासहित पाँच हजार छ सय मुद्दामध्ये ६४ दशमलव ५१ प्रतिशत मुद्दा फछ्र्योट भएको छ ।

सापकोटाका अनुसार जिम्मेवारी सरी आएका एक हजार पाँच सय ६५ मुद्दामध्ये एक हजार तीन सय ४५ मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएका तीन हजार चार सय ३५ मध्ये दुई हजार दुई सय ६८ मुद्दा फैसला भएका छन् । गत आवमा जिम्मेवारी सरी आएका मुद्दा एक हजार नौ सय ८७ रहेको उनले जानकारी दिए ।

सोही समयमा एक सय मुद्दा बालबालिका संलग्न भएका मुद्दा दर्ता भएका छन् । कार्यालयका अनुसार मेलमिलापमार्फत तीन सय १० मुद्दा मिलापत्र भएका छन् । मेलमिलापमा पठाइएका एक हजार दुई सय ६५ मुद्दामध्ये आठ सय ४७ मुद्दा फिर्ता भएका छन् भने एक सय आठ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको सापकोटाले जानकारी दिए ।

अदालतले चालु आवका लागि पाँच हजार आठ सय २३ वटा मुद्दा दर्ता हुने र तीन हजार सात सय ८७ वटा मुद्दा फैसला गर्ने लक्ष्य राखेको छ ।

यस्तै निवेदनतर्फ दुई हजार दुई सय ६७ दर्ता हुने अनुमान गरिएको छ । चालु आवको साउन महिनामा एक सय ३३ दशमलव ८४ प्रतिशत मुद्दा फैसला गरेको छ ।

अदालतले साउनमा दुई सय १० मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा दुई सय ८१ मुद्दा फैसला गरेको हो ।


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती