छात्रवृत्ति पाएका विद्यार्थीकाे शुल्क लिए महानगरले कारबाही गर्ने

Tuesday August 22, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  कक्षा ११ र १२ मा यस शैक्षिकसत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नुनपर्ने स्पष्ट गरेको छ ।

कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा स्थान अभावका कारण देखाएर भर्ना लिन आनाकानी गरेको भन्ने गुनासोका सन्दर्भमा महानगरपालिकाको शिक्षा विभागले सुनुवाइ र सम्बोधन गरेको छ ।

विभागले यही भदौ १ गते पत्र पठाइ कक्षा ११ र १२ सञ्चालन गरिरहेका निजी (संस्थागत) विद्यालयका सञ्चालनकलाई बोलाइ कुनै छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई भर्ना नलिएमा, शुल्क लिएमा वा मानसिकयातना दिएमा कारबाही गर्ने जनाउ पनि दिइसकेकोे छ ।

सोसँग सम्बन्धित गुनासो सम्बोधन भएको र अझै बाँकी रहेमा महानगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले गत साउन २० गते छात्रवृत्ति परीक्षामा सम्मिलित भई म्याचिङ प्रणालीबाट अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई यही भदौ ३ गतेसम्म सम्बन्धित शिक्षण संस्थामा भर्ना गरी जानकारी गराउन पनि पत्राचार गरेका छन् ।


भर्खर

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न