सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

Monday August 21, 2023

पढ्न लाग्ने समय :


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज राति ८ बजे पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सुक्खा पहिरो खसी दुईतर्फी सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन रोकिएका छन् । पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय चितवनसँग समन्वय भइरहेको उनले जानकारी दिए । सो सडक खण्डमा बर्सात सुरु भएसँगै पटक पटक पहिरो खस्ने गरेको छ ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका