एक महिनादेखि सुदूरपश्चिम विश्वविद्यालमा तालाबन्दी

Wednesday August 16, 2023

पढ्न लाग्ने समय :


कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ।

केन्दीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित बनेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।

“साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ”, उनले भने, “अनेरास्ववियुले लगाएको ताला खुले पनि राप्रपा निकट विद्यार्थी सङ्गठनले लगाएको ताला खुल्न सकेको छैन ।”

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका अध्यक्ष प्रेम रावलले राजनीतिक भागबन्डा अन्त्य नभएसम्म विश्वविद्यालयको ताला नखोल्ने बताए ।

“पदाधिकारी र प्राध्यापकको भागबन्डा अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो”, उनले भने, “दुई चरणमा विश्वविद्यालयका पदाधिकारीसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।”

यसअघि एमाले निकट अनेरास्ववियुले पनि केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । विश्वविद्यालयका पदाधिकारीसँगको छलफलमा सहमति भएपछि अनेरास्ववियुले ताला खोलेको छ भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजनीतिक भागबन्डा अन्त्यको अडान राख्दै तालाबन्दी गरेको छ । केन्द्रीय कार्यालयमा भएको तालाबन्दीले विश्वविद्यालयको दैनिक कामकाज एक महिनादेखि ठप्प छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।