सिरिजङ्घामा कक्षा ११ र १२ शिक्षा निःशुल्क

Wednesday June 28, 2023

पढ्न लाग्ने समय :


ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिएको छ ।

गाउँपालिकाभित्रका प्रत्येक सामुदायिक विद्यालयमा अध्ययन गर्ने उक्त कक्षाका विद्यार्थीलाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्थालाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले बताए ।

यस्तै पालिकाभित्रका आठ वटै वडाका सामुदायिक विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ट नतिजा ल्याउने चार विद्यार्थीलाई प्राविधिक वा अप्राविधिक विधामा प्रविणता प्रमाणपत्र वा सो सरहको शिक्षामा समेत छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरसमेत अभिवृद्धि गर्ने उद्देश्यले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने प्रत्येक विद्यालयका विद्यार्थीलाई हरेक वर्ष पोसाक र विद्यालय झोला वितरण गर्नेसमेत जनाइएको छ ।

यस्तै ‘प्रविधिमैत्री कक्षा, आजको आवश्यकता’ भन्ने नाराका साथ माध्यामिक विद्यालयमा सेवा करार कार्यविधि अनुसार कम्प्युटर शिक्षकको व्यवस्था गरी कम्प्युटर कक्षा सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

उक्त कार्यक्रमलाई गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समेत समेटेर लगिएको र क्रमशः निरन्तरता दिँदै लैजाने गाउँपालिकाले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।