‘धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक’

Sunday May 14, 2023

पढ्न लाग्ने समय :


विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताएका छन् ।

श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत मावि गुरुकुलम्को परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बन्न लागेको चार कोठे भवनको आज शुभारम्भ गर्दै उनले लोप हुन लागेको संस्कृत भाषाप्रति बढेको आकर्षणले संस्कृत भाषाको संरक्षण हुने विश्वास व्यक्त गरे ।

प्रमुख कोइरालाले असल नागरिक बन्न नैतिक शिक्षा चाहिने भएकाले संस्कृत शिक्षा दिनुपर्ने आवश्यकता औँलाए ।

विद्यालयका संरक्षक अच्युतप्रपन्नाचार्यले नैतिक शिक्षा, संस्कार र चरित्र निर्माण गर्न संस्कृत भाषा अत्यन्त जरुरी रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र शिक्षासेवी दुर्गाप्रसाद खतिवडाले संस्कृत भाषाको महत्व बारे चर्चा गरे ।

दुई कठ्ठा १० धुर जग्गामा निर्माण भएको उक्त संस्कृत विद्यालयमा हाल कक्षा ६ देखि १२ सम्म एक सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ४५ लाख बजेट प्राप्त भएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।