त्रिभुवन विश्वविद्यालयमा ‘भिडियो पत्रिका’ सञ्चालन

Wednesday May 10, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट संकायका विद्यार्थीले पहिलो पटक भिडियोपत्रिका सञ्चालनमा ल्याएका छन् । मंगलबार आयोजित समारोहमा  विश्वविद्यालयको व्यवस्थापन संकायका डीन प्राध्यापक डिल्लीराज शर्माले ‘स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटी (एसओएमटीयू)’नामक भिडियो पत्रिका शुभारम्भ गरेका हुन्  ।

उनले उद्यमशील व्यक्ति र विद्यार्थीबीच अन्तरक्रिया, अनुभव आदानप्रदान तथा अध्ययन गर्न सहज हुनाका साथै मुलुक र समाजका लागि आवश्यक कुरा तथा वर्तमानको आवश्यकताबारे छलफल गर्न यो भिडियो पत्रिका उपयुक्त हुने बताए ।

मानव स्रोत, वाणिज्य, प्रविधि, बजारीकरण, उत्पादन, भिडियो सम्पादनका विषयवस्तु र अनुसन्धानजस्तो पक्ष समावेश रहेको भिडियो पत्रिकाबाट विद्यार्थीले संस्थाको कार्यसञ्चालनको पद्धतिबारे सिक्न सक्ने बताइएको छ । यस संकायमा अध्ययन गरेर दिगो व्यवसाय र उद्यमशीलतामा सफल पूर्वविद्यार्थीको कथा पनि मासिकरुपमा भिडियोमार्फत प्रस्तुत गरिने भिडियो सम्पादक मञ्जिल खुलालले जानकारी दिएका छन् ।

‘भिडियो पत्रिकाले संस्थाबारे  विश्वविद्यालयमै अध्ययन गर्ने अवसर दिन्छ । विद्यार्थीले आफूसँग भएको प्रतिभालाई देखाउन सक्नेछन्’, उनले भने, ‘हाम्रो प्रमुख उद्देश्य भनेको विद्यार्थीको प्रतिभालाई डिजिटलरुपमा समृद्ध तुल्याउनु हो ।’ नेपाली विश्वविद्यालयमा पहिलो पटक यसरी भिडियोपत्रिका सञ्चालनमा ल्याइएको समेत सम्पादक खुलालले जानकारी दिए। गंगाराम विश्वकर्मा प्रधान सम्पादक रहेको सो पत्रिकामा खुलालसहित नरेश मुखिया, शरद श्रेष्ठ र सन्तोष शाह भिडियो सम्पादक हुन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।