भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न

Wednesday May 10, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । जापान सरकारको ऋण सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित आपतकालीन विद्यालय पुनःनिर्माण आयोजनाले सम्झौता बमोजिमको कार्यसम्पन्न भएको जनाएको छ ।

सो आयोजनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘गोर्खा भूकम्प’ का कारण क्षतिग्रस्त अवस्थामा पुगेका गोरखा, धादिङ, नुवाकोट, रसुवा, ललितपुर र मकवानपुर जिल्लाका दुई सय ७४ विद्यालयको पुनः निर्माण सम्पन्न भएको जानकारी दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत दुई ७४ विद्यालयमा सात सय ६० भवन, दुई हजार २०३ कोठा, एक सय १६ प्रयोगशाला, एक सय ८४ पुस्तकालय र एक सय ३३ कम्प्युटर कक्ष निर्माण भएको छ ।

यसैगरी दुई सय १४ वटा बालविकास कक्ष, १७ वटा बहुउपयोगी हल, ९२ वटा प्रशासनिक कोठा, ५५ वटा भान्सा कोठा, ६५ वटा भण्डारण कक्ष, ६९२ वटा छात्र तथा आठ ३१ वटा छात्रा शौचालय निर्माण भएको आयोजनाले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।