बजेट अभावले हुम्लामा क्याम्पसको भवन अधुरै

Saturday April 15, 2023

पढ्न लाग्ने समय :


सिमकोट । हुम्लाको दक्षिण भेग अदनचुली गाउँपालिकास्थित गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै रहेको छ । बजेट अभावका कारण दुईकोठे भवन निर्माणाधीन अवस्थामा छ ।

कर्णाली प्रदेश सरकारको २० लाख बजेटमा भवन निर्माण थालिएको क्याम्पस प्रमुख रणसुर रोकायाले बताए । भवन निर्मार्णको लागि जग्गा खरिदलगायत काम गरेपछि बजेट अपुग भएको उनको भनाइ छ । गत आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको रोकायाले बताएका छन् ।

भवन निर्माणाका लागि आवश्यक जग्गा खरिद गर्न पाँच लाख ५० हजार र जग्गा सम्याउन रु एक लाख २८ हजार खर्च भएको थियो । उनले भने, ‘बजेटका लागि गाउँपालिका र अन्य निकायसँग आग्रह गरे पनि सहयोग पाउन सकेका छैनौँ’, क्याम्पस प्रमुख रोकायाले भने– ‘क्याम्पसलाई आर्थिक र भौतिक पूर्वाधारको अभाव छ ।’

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेको क्याम्पसका प्राचार्यको तलब सुविधादेखि भौतिक संरचनाको विकासका लागि आर्थिक समस्या भएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि क्याम्पस स्थापना गरिएको हो । त्रिविले मानविकी संकायतर्फ अध्यापनका लागि अनुमति दिन तयार भए पनि आर्थिक स्रोतको अभावमा जनशक्तिदेखि भौतिक पूर्वाधार तयार पार्न नसकिएको क्याम्पस प्रमुख रोकायाले बताए ।

त्रिभुवन विश्वविद्यालयले बर्सेनि अनुदान रकम दिने भए पनि त्यो पर्याप्त नभएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष दल फडेराले बताए । ‘भवन निर्माण र कर्मचारीलाई तलब दिन रकम छैन, स्रोतको खोजीका लागि भौँतारिरहेका छौँ ।’ विद्यार्थीबाट शुल्क लिएर क्याम्पस सञ्चालन गर्न सम्भव नभएको उनको भनाइ छ ।

क्याम्पसको भवन निर्माण गर्न साढे पाँच लाख खर्च भएको थियो । अदानचुली–३ का पूर्ववडाध्यक्ष दत्त विष्टले भने , ‘जग्गाको लालपुर्जा क्याम्पसको नामामा बनाउन सकिएको छैन ।’ जग्गाधनीले भवन निमार्णका लागि प्रयोग भएको जग्गा गल्फागाड बहुमुखी क्याम्पस श्रीनगरका नाममा रजिष्ट्रेसन पास गर्न मानेका छैनन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।