विद्यार्थीको शिक्षामा अभिभावकको भूमिका

Saturday March 11, 2023

पढ्न लाग्ने समय :


दाङ । प्रविधिको युग छ । घरघरमा वाइफाइ र स्मार्ट मोबाइल छन् । कुनै समय टिभीमा झुम्मिने बालबालिका अहिले मोबाइलमा झुम्मिन थालेका छन् ।

यसले विद्यार्थीको मानसिक, शारीरिक तथा संवेगात्मक क्षमतामा ह्रास ल्याउने भन्दै अभिभावक यसमा सचेत हुनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका अधिकृत मनबहादुर खड्काले बताए । ‘धेरै बच्चा अहिले मोबाइलमा झुम्मिने गरेका छन्’, उनले भने, ‘यसले बच्चामा नकारात्मक असर गरिरहेको हुन्छ, यसमा अभिभावक सचेत हुनुपर्छ ।’

त्यस्तै बालबालिकाका अगाडि आमा बुबाले मोबाइल चलाउने गर्दा पनि उनीहरुमा असर पर्ने भन्दै यसमा पनि अभिभावक सचेत हुनुपर्ने उनले बताए । अभिभावक मोबाइलमा व्यस्त हुँदा बच्चाबच्चीले समय नपाउने भएकाले उनीहरुमा नकारात्मक असर पर्ने उनको भनाइ छ ।

अभिभावक आफ्नो काममा ब्यस्त हुँदा बच्चाबच्चीसँग नजिक नभएको पाइने प्रशिक्षक डिआर भण्डारीले बताए । ‘हामीले बच्चाबच्चीलाई समय दिन सकेका छैनौँ ।’ खानेकुरामा पनि त्यत्तिकै लापर्बाही हुने गर्छ । जङ्कफुडले बच्चाको शारीरिक तथा मानसिक अवस्थामा निकै असर पुर्‍याउने गर्छ । बच्चालाई कुरमुरे, चाउचाउ जस्ता कुरालाई खुवाउन नहुने समेत उनले बताए ।

बालबालिकासँग गर्ने व्यवहार पनि सरल हुनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका पूर्वस्रोत व्यक्ति मुकुन्द रिजालले बताउँछन् । बालबालिकालाई उमेरअनुसार व्यवहार गर्नुपर्ने उनको भनाइ छ । उनले शिक्षा व्यावहारिक र जीवन बदल्ने शिक्षा हुनुपर्ने बताए । उनले अभिभावक र बाबुआमाबीच अन्तर हुनुपर्ने समेत बताए ।

तुलसीपुर–६ स्थित ग्रेट अरणीको माध्यमिक विद्यालयले आयोजना गरेको अभिभावक शिक्षा कार्यक्रममा प्रशिक्षण दिँदै उनीहरुले यस्तो बताए । त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बस्नेतले अभिभावक, शिक्षक र विद्यार्थीबीचको त्रिपक्षीय भूमिकाले नै विद्यार्थीको पठनपाठन गुण्स्तरीय हुने बताए । उनले विद्यार्थीको पहिलो पाठशाला घर भएकाले घरमा विद्यार्थीलाई सरल व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले बजारमा टिक्ने, बिक्ने र सिक्ने शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।