रिलायन्स इन्टरनेशनल एकेडेमीमा दुई दिने विज्ञान प्रदर्शनी आयोजना

Saturday February 25, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । काठमाडौंको चाबहिल सरस्वतीनरस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले दुई दिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको शनिबार एक समारोहकाबीच नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी(नास्ट)का वरिष्ठ इन्जिनियर रोशन पाण्डेले उद्घाटन गरेका छन् ।

कार्यक्रमममा स्वागत मन्तव्य राख्दै एकेडेमीका बोर्ड अफ डाइरेक्टर एवं सहप्राचार्य नन्दुप्रसाद कुशवहाले विज्ञान विषयको अध्ययनले विद्यार्थीहरुमा ज्ञान हासिल गर्ने प्राकृतिक परिवर्तनको बाटोमा जान्ने र वरिपरिको वातावरण बुझ्न उत्सुक बनाउने बताए । विज्ञान विषयको महत्वमाथि प्रकाश पार्दै सहप्रचार्य कुशवाहाले विज्ञानको अध्ययन बेगर सत्यको खोजी, चमत्कारिक परिवर्तन र मावन जीवन सहज हुन नसक्ने बताए । उनले भने, ‘विद्यार्थी नै भविष्यका कर्णधार हुन् । त्यसैले उनीहरुलाई सृजनशील निर्णय गर्ने क्षमतामा अभिबृद्धि गर्ने योग्य तथा वैज्ञानिक रुपमा समस्या समाधान गर्ने उद्देश्यले र विज्ञानप्रति जागरुक बनाउन हामीले फेयरको आयोजना गरेका हौं ।’

एकेडेमीका बोर्ड अफ डाइरेक्टर तथा सिनियर चार्टर्ड एकाउण्ट राजु शिवाकोटीले विज्ञानको अध्ययनले जीवनपद्दतीलाई व्यवस्थित गर्ने भएकाले विद्यार्थीहरुमा विज्ञानको अध्ययनलाई बढावा दिनुपर्ने बताए ।

कार्यक्रममा नाष्टका वरिष्ठ इन्जिनियर पाण्डेले रिलायन्स इन्टरनेशनलले आयोजना गरेको प्रदर्शनीले विद्यार्थीहरुमा खोज तथा अनुसन्धान गर्ने सीपको विकास गर्ने भन्दै यो प्रदर्शनी युवा वैज्ञानिक उत्पादन गर्न सहज गराउने बताए । प्रदर्शनीमा १८ वटा स्टलहरु राखिएका छन् ।

कार्यक्रममा आर्ट, पेन्टिङ, फेस पेन्टिङ, फुड  स्टल, रोबोर्ट प्रदर्शनी, डाइजेस्टिभ सिस्टम लगायतका विद्यार्थीहरुले निर्माण परियोजना राखिएका छन् । कार्यक्रममा एकेडेमीका व्यवस्थापन, कानुन तथा मानविकीतर्फका संयोजक श्यामकुमार कामत, विज्ञान तर्फका संयोजक यादव पाण्डे, इसिए, सिसिए संयोजक गोविन्द ढकाल, आइटी म्यानेजर बुद्धिनाथ कपालीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा रिलायन्स पब्लिकका प्रिन्सिपल वसन्त लामिछाने, रिलायन्स इन्टरनेशल स्कूलका प्रिन्सिपल खेमलाल भूसाल तथा रिलायन्स को एडका प्रिन्सिपल दशरथ ज्ञवाली,  प्रशासक हेमबहादुर केसीलगायत विद्यार्थी सम्पर्क अधिकृत विश्वनाथ घिमिरेको पनि उपस्थिति रहेको थियो ।

प्रदर्शनीमा पहिलो दिन रिलायन्स पब्लिक, रिलायन्स को एड, रिलायन्स इन्टरनेशनल र एलिट ग्राण्ड स्कुललगायतका विद्यालयबाट करिव ६ सय विद्यार्थीले प्रदर्शनी अवलोकन गरेका थिए । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।