सत्ता गठबन्धनका नेताहरुको जीत सुनिश्चित छ
पढ्न लाग्ने समय :
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ (ख) का सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अमिन पाण्डेले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै पाण्डेले सत्ता गठबन्धनमा भोट क्रस नहुने भन्दै गठबन्धनका नेताहरुको जीत सुनिश्चित रहेको बताएका हुन् । उनले गठबन्धनका दलहरु यस विषयमा एकमत रहेको बताए । पाण्डेले स्वर्गीय नविन्द्रराज जोशीका अधुरा सपना साकार पार्ने आफ्नो योजना रहेको बताए ।
]