हत्या गरेको आरोपमा ललितपुरबाट खोटाङका राजेन्द्र राई पक्राउ

Tuesday November 1, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । ललितपुरमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार बेलुका खोटाङ जिल्लाको साकेला गाउँपालिका(१ का रामचन्द्र राईको हत्या गरेको आरोपमा ४१ वर्षीय राजेन्द्र राईलाई पक्राउ गरिएको हो।

सोमबार साँझ रामचन्द्र राईले आफूलाई हेपेर बोल्ने, श्रीमतीसमेतलाई मुख छाडेर बोलेको विषयलाई लिएर वादविवाद हुँदा आबेगमा आई राजेन्द्र राईले धारिलो हतियारले टाउको, अनुहार र बायाँ हातमा प्रहार गरी हत्या गरेको ललितपुर प्रहरीले जनाएको छ।

उनीहरु ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित टिका महर्जनको जस्ताको टहरामा छुट्टाछुट्टै कोठा भाडामा लिएर बस्दै आएका थिए। मृतकको शवलाई पोष्टमाटमको लागी पाटन अस्पतालमा पठाइएको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


भर्खर

धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्युपछि तनाव

धनगढीः धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्यु भएपछि तनाव सुरु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ बस्ने

कञ्चनपुरका स्थानीय तहको बेरुजु १३ करोडभन्दा बढी

कञ्चनपुर : नौ स्थानीय तह रहेका कञ्चनपुरमा आर्थिक वर्ष २०८१/८२ मा १३ करोड रुपियाँभन्दा बढी

अछाममा ‘रामारोशन स्काई रन–२०२६’ आयोजना हुने

काठमाडौँ : नेपाल एडभेन्चर रनिङ फेडरेसनले आगामी असार ३ गते सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र