स्रोत नखुलेको २० लाख नगदसहित धनुषामा दुईजना पक्राउ

Thursday October 20, 2022

पढ्न लाग्ने समय :


जनकपुरधाम । स्रोत नखुलेको  २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअनुरूप प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सुनसरीको इनरुवा नगरपालिका–६ निवासी २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरङ्गप्रसाद गुप्तालाई पक्राउ गरेको हो ।

सवारीसाधन जाँच गर्ने क्रममा कामदले चलाएको प्र–०१–०२–०४६प ५६३१ नंको मोटरसाइकल पछाडि सवार गुप्ताले बोकेको कालो रङको झोलाभित्र स्रोत नखुलेको नेपाली नोट २० लाख बरामद भएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले