दोलखाली जनतालाई धोका र विश्वासघात नगरेकाले जीत सुनिश्चित छ
पढ्न लाग्ने समय :
काठमाडौं । दोलखामा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार गंगा कार्कीले निर्वाचनमा सत्ता गठबन्धनमा अन्तरघात नहुने भएकाले जीत सुनिश्चित रहेको बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै कार्कीले आफूले नेपाली जनता र दोलखाली जनतालाई धोका र विश्वासघात नगरेकाले जीत सुनिश्चित रहेको बताएका हुन् । तीस वर्ष राजगर्दा एमालेले विकास निर्माणका काम नगरेको र जनताले विकास चाहेकाले त्यो गठबन्धनबाट मात्रै सम्भव रहेको बताए ।