रचनात्मक राजसंस्थाको आवश्यकता छ
पढ्न लाग्ने समय :
काठमाडौं । पूर्वमन्त्री सिनेट श्रेष्ठले नेपाली माटो सुहाउँदै प्रजातन्त्र आवश्यक रहेको बताएका छन् । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै श्रेष्ठले आयातित प्रजातन्त्रले मुलुकलाई सही बाटोमा नहिँडाएको बताएका हुन् ।
उनले हामीले मुलुकलाई सिंगापुर बनाउने नभई नेपाललाई नेपाल नै बनाउनुपर्ने बताए । उनले देश अभिभावबिहीन भएकाले अभिभावकको भूमिका निर्वाह गर्न राजसंस्था आवश्यक रहेको बताए । उनले नेपालमा रचनात्मक राजसंस्थाको आवश्यकता रहेको बताए । उनले राजसंस्था पुनःस्थापनाका लागि जनता सडकमा आउने दाबी गरे ।