सार्वजनिक खरिद ऐन परिमार्जन गर्नुपर्छ
पढ्न लाग्ने समय :
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्कीले दलका नेता र कर्मचारीका कारण निर्माण व्यवसायी मारमा परेको बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै कार्कीले निर्माणको काम पूरा नहुनुमा व्यवसायीका साथै कर्मचारी पनि त्यतिकै दोषी रहेको बताए । उनले निर्माणका काम राम्रो नहुनुमा निर्माण व्यवसायीका पनि कमजोरी भएको बताए । उनले सार्वजनिक खरिद ऐन परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए ।