डलर साट्न बोलाएर लुटपाट गर्ने गिरोहका दुई सदस्य पक्राउ

Tuesday August 23, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर देखाई शृंखलाबद्ध ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बौद्ध, टोखा, कपनलगायतका क्षेत्रमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ साटिदिने प्रलोभनमा पारी शृंखलाबद्ध ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे ३ थलाडाँडा घर भई हाल बौद्ध आरुबारी बस्ने ३२ वर्षीय सन्जय तामाङ र थलाडाँडा नै घर भई ललितपुरको धापाहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन् ।

टोखाको युनिक कोलोनीबाट १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ५, १० र २० दरका नेपाली नोट र केही अमेरिकी डलरसमेत बरामद भएको छ ।

उनीहरूले आफूहरूसँग अमेरिकी डलर रहेको भन्दै फोनमार्फत साट्नका लागि एकान्त स्थानमा बोलाउने र ग्राहकसँग भएको लाखौँ रुपैयाँ लुटेर फरार हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरूले हालसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिरसमेत गरी ५ वटा यस्तै प्रकृतिका घटना गराएको प्रहरीको दाबी छ ।


भर्खर

धनगढीमा दुई दिने विकास पत्रकारिता तालिम

धनगढी : कैलालीको धनगढीमा विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ। आन्तरिक मामिला तथा कानुन

करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु

कैलालीः गोदावरी नगरपालिका–३ स्थित नवज्योति आधारभूत विद्यालय परिसरमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर ७ वर्षीया

प्रहरी सहायक निरीक्षक पाध्या सम्मानित

धनगढी :  प्रहरी सहायक निरीक्षक सुभाषकुमार पाध्या सम्मानित भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, दोलखामा