नागरिकता विधेयकका कारण देश फिजीकरणको दिशामा
पढ्न लाग्ने समय :
काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का नेता साध्यबहादुर भण्डारीले नागरिकता विधेयक राष्ट्रघाती भएको भन्दै यसले देश फिजीकरणको दिशामा अघि बढेको बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै भण्डारीले नागरिकता विधेयकविरुद्ध जनविद्रोह गर्नुपर्ने बताएका हुन् । उनले यसले मुलुक उपनिवेश हुने बताए । भण्डारीले यो विधेयकले नेपालीलाई अल्पमतमा पार्ने दाबीसमेत गरेका छन् ।