गायिका दिलमायाको हत्या अभियुक्त जेल चलान

Monday July 25, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । लोक गायिका दिलमाया सुनारको हत्या अभियोगमा पक्राउ परेका खिलबहादुर श्रेष्ठलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ ।

जिल्ला अदालत काठमडौंले आइतबारको बहसपछि उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । असार ११ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारस्थित कोठामा उनी मृत भेटिएकी थिइन् ।

घटना आत्महत्या नभएर हत्या भएको विभिन्न कोणबाट पुष्टि भएपछि प्रहरीले घटनामा संलग्न भएको अभियोगमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका घर भएका श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

घटना भएको भोलिपल्ट प्रहरीले श्रेष्ठलाई काठमाडौंको नेपालटारबाट नियन्त्रणमा लिएको थियो । प्रहरीको अनुसन्धानमा श्रेष्ठ दिलमायाको कोठामा श्रीमान् भनी ७/८ महिनादेखि सँगै बस्ने गरेको खुल्न आएको छ। श्रेष्ठको बयानअनुसार राति ८ बजे दिलमायाको कोठामा गएर बिहान ४ बजे घटना घटाई फरार भएको प्रहरीको भनाइ छ । जिल्ला अदालतको आदेशपछि श्रेष्ठलाई पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जानकारी दिएको छ।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर