सेप्टेम्बरमा अस्ट्रेलियाको बेरोजगारी ४.१ प्रतिशत

Sunday October 20, 2024

पढ्न लाग्ने समय :



अस्ट्रेलियाको बेरोजगारी दर सेप्टेम्बरमा ४.१ प्रतिशतमा स्थिर रहेको छ । अर्थव्यवस्थाले ५० हजार भन्दा बढी रोजगारी थपेसँगै बेरोजगारी ४.१ प्रतिशतमा स्थिर रहेको हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित आधिकारिक श्रम शक्ति डेटाले सेप्टेम्बरमा बेरोजगारी ४.१ प्रतिशत रहेको देखाएको छ । अर्थव्यवस्थाले अगस्ट र सेप्टेम्बरमा ६४ हजार एक सय जागिरहरू थपेको छ । जसमा ५१ हजार ६ सय पूर्ण–समय कामहरू समावेश छन् । इतिहासमा पहिलो पटक सेप्टेम्बरमा अस्ट्रेलियामा पूर्ण–समय काम गर्ने मानिसहरूको संख्या १० मिलियन नाघेको छ ।

रोजगारी–जनसङ्ख्या अनुपात अगस्टमा ६४.३ प्रतिशतबाट बढेर सेप्टेम्बरमा ६४.४ प्रतिशतको समान रेकर्ड उच्चमा पुगेको छ । रोजगारीमा रहेका वा सक्रिय रूपमा कामको खोजीमा रहेका काम गर्ने उमेरको जनसंख्याको अनुपात मापन गर्ने सहभागिता दर ६७.२ प्रतिशतको नयाँ रेकर्ड उच्चमा पुगेको छ । अगस्ट र सेप्टेम्बरको बीचमा अस्ट्रेलियालीहरूले काम गर्ने कुल घण्टाको संख्या ०.३ प्रतिशतले बढेर १.९६८ बिलियन पुगेको छ । तथ्याङ्कको जवाफ दिँदै कोषाध्यक्ष जिम चाल्मर्सले हालको सरकारले २०२२ मा सत्तामा आएदेखि १० लाख रोजगारी सिर्जना गरेको तथ्याङ्कले देखाएको बताउनु भयो ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको